पार्टी एकीकरणको सम्भावना छैन, कार्यगत एकता गर्न सकिन्छ : झलनाथ खनाल

हिमाल प्रेस २० फागुन २०८१ १७:४४
24
SHARES
पार्टी एकीकरणको सम्भावना छैन, कार्यगत एकता गर्न सकिन्छ : झलनाथ खनाल

धनुषा- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले हाल कुनै पनि पार्टीसँग एकीकरणको सम्भावना नरहेको बताएका छन्।

आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री खनालले भने,‘पार्टी एकीकरण गर्नुपर्ने अवस्था नआएकाले हाल यसको सम्भावना छैन।’

उनले यस समयमा पार्टी एकीकरण असम्भव रहेको स्पष्ट पार्दै महत्त्वपूर्ण एजेन्डाका आधारमा कार्यगत एकता गर्न सकिने बताएका छन्। उनले थपे, ‘राष्ट्रियतामाथि खतरा छ,यस्तो अवस्थामा वामपन्थी मात्र होइन, सबैले एकताबद्ध भएर उभिनुपर्छ।’

खनालले संविधानअनुसार ऐन निर्माण प्रक्रिया सहजै अघि बढ्न सक्ने भए पनि सरकारले अनावश्यक रूपमा अध्यादेश ल्याएको भन्दै यसलाई गलत भनेका छन्।

‘संविधानअनुसार सामान्य प्रक्रियाबाट ऐन बनाउन कसैले अवरोध गरेको छैन,’ उनले जोड दिएका छन्। खनालले वर्तमान सरकारलाई संकटको भारी बोकेको आरोप लगाएका छन्।

प्रकाशित: २० फागुन २०८१ १७:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast