काठमाडौँ- धादिङको गल्छी गाउँपालिका ३ मा पानी ट्यांकर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गजुरी गाउँपालिका–६ बस्ने १८ वर्षका प्रशान्त चेपाङ र सोही ठाउँका २० वर्षका जयराम चेपाङ छन्।
दुर्घटनामा घाइते भएको उनीहरूको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक प्रकाश हमालले जानकारी दिए।
बुधबार बिहान गुप्तेश्वरभिरस्थित भित्रि कच्ची सडकमा आदमघाटबाट गुप्तेश्वर मन्दिरमा पानी लिएर जाँदै गरेको बा प्र ०१–००४ क ३३५२ नम्बरको ट्यांकर ब्याक गर्ने क्रममा अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ।
प्रकाशित: १४ फागुन २०८१ ८:३६ | Wednesday, February 26, 2025
प्रतिक्रिया



