कृष्णभीरमा माइक्रोबस अनियन्त्रित हुँदा ६ जना घाइते

हिमाल प्रेस ११ जेठ २०८३ ६:३५ | Monday, May 25, 2026
कृष्णभीरमा माइक्रोबस अनियन्त्रित हुँदा ६ जना घाइते

काठमाडौँ- धादिङमा आइतबार साँझ माइक्रोबस दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको ग १ ख २७९६ नम्बरको माइक्रोबस धादिङको कृष्णभीर क्षेत्रमा दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रकाश दाहालले दिएको जानकारी अनुसार माइक्रोबसको ब्रेक अचानक काम नगर्दा दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ।

ब्रेक फेल भएपछि चालकले गाडी नियन्त्रणमा लिन प्रयास गरे पनि माइक्रोबस सडक किनारको भित्तामा ठोक्किएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि स्थानीयवासी र प्रहरीको सहयोगमा घाइते यात्रुहरूको उद्धार गरिएको थियो। दुर्घटनामा घाइते भएका ६ जनाको अवस्था सामान्य रहेको र उनीहरूको नजिकैको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइतेहरूको नाम तथा ठेगाना भने सार्वजनिक गरिएको छैन।

प्रहरीका अनुसार दुर्घटनापछि केही समय सडक क्षेत्रमा सवारी आवागमन प्रभावित भए पनि अहिले अवस्था सामान्य बनाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

 

प्रकाशित: ११ जेठ २०८३ ६:३५ | Monday, May 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast