एकै महिनामा प्रहरीले पक्राउ गर्‍यो ३२ सय फरार प्रतिवादी  

हिमाल प्रेस ११ फागुन २०८१ १३:००
8
SHARES
एकै महिनामा प्रहरीले पक्राउ गर्‍यो ३२ सय फरार प्रतिवादी  
काठमाडौँ- नेपाल प्रहरीले विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेका व्यक्तिको खोजी अभियान तीव्र पारेको छ।
गएको माघमा मात्रै तीन हजार २६४ जना फरार रहेका प्रतिवादीलाई पक्राउ गरेको छ। सबैभन्दा बढी काठमाडौँ उपत्यकाबाट यसरी फरार व्यक्ति पक्राउ परेका छन्।  अदालतबाट मुद्दा फैसला भएर जरिवाना तथा कैद भुक्तानी गर्न बाँकी रहेकाको प्रहरीले खोजी गरेर अदालतमा बुझाउने गरेको छ।
आपराधिक गतिविधिमा संलग्न रहेका र अदालतबाट दोषी ठहर भएर फरार रहेका उनीहरूलाई देशभरबाट परिचालित फरार अपराधी खोजी अभियानका खटिएका प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए।

उनीहरूबाट २३ करोड ९२ लाख ९१ हजार रुपैयाँ जरिवाना उठाइएको छ। उनीहरू कूल छ सय ७२ वर्ष छ महिना २३ दिन कैद तोकिएका व्यक्ति हुन्।

प्रवक्ता आचार्यका अनुसार कोशी प्रदेशबाट मात्रै ५२७ र मधेस प्रदेशबाट ७१३ जना फरार प्रतिवादी पक्राउ परेका छन्। यस्तै बागमती प्रदेशबाट २७०, गण्डकी प्रदेशबाट २१७, लुम्बिनी प्रदेशबाट ५८३, कर्णाली प्रदेशबाट ५५ र सुदूरपश्चिम प्रदेशबाट ८९ जना पक्राउ परेका छन्।

सबैभन्दा बढी काठमाडौँ उपत्यकाबाट ९०३ र केन्द्रीय अनुसन्धान ब्युरोले विभिन्न क्षेत्रबाट सात जना फरार प्रतिबादी पक्राउ गरेको छ। उनीहरूलाई अदालतमा पेस गरिएको र अदालतबाट कैद भुक्तानीका लागि कारागार पठाइसकेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

प्रकाशित: ११ फागुन २०८१ १३:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast