रविविरुद्ध चितवन अदालतमा थुनछेक बहस आज पनि चल्ने

हिमाल प्रेस २४ माघ २०८१ ८:१३ | Thursday, February 6, 2025
रविविरुद्ध चितवन अदालतमा थुनछेक बहस आज पनि चल्ने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्धको थुनछेक बहस आज पजि चितवन जिल्ला अदालतमा चल्दैछ। चितवनको साहारा चितवन सहकारी ठगी आरोपमा रवि लामिछानेविरुद्ध बुधबारदेखि थुनछेक बहस चलिरहेको छ।

थुनछेक बहस नसकिएको हुँदा जाहेरवाला र प्रतिवादीको तर्फबाट बहससहित थुनछेक गर्न पूर्वगृहमन्त्री समेत रहेका रवि लामिछानेलाई अदालत उपस्थित गराउने छ। चितवन जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माका अनुसार बिहान १० बजेबाट बहस सुरु हुनेछ।

सरकारी वकिल तथा जाहेरवालाको र विपक्षी प्रतिवादीको तर्फबाट बहस गर्नेछन्। बहस नसकिएकाले लामिछानेलाई बुधबार जिल्ला प्रहरी कार्यालय चितवनको न्यायिक हिरासत पठाइएको थियो। बुधबार सरकारी वकिल तर्फबाट जिल्ला न्यायाधिवक्ता रवि न्यौपाने र सहायक न्यायाधिवक्ताहरू अमृत सुवेदी, बुद्ध बहादुर थापा र जाहेरवाला बचतकर्ताहरुको तर्फबाट अधिवक्ता रमेश काफ्लेको बहस भएको थियो।

प्रकाशित: २४ माघ २०८१ ८:१३ | Thursday, February 6, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast