यस्तो छ विद्यालयदेखि र उच्च तहसम्मको छात्रवृत्ति विवरण

हिमाल प्रेस २२ माघ २०८१ १३:२५
510
SHARES
यस्तो छ विद्यालयदेखि र उच्च तहसम्मको छात्रवृत्ति विवरण

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्ष सात अर्ब ३९ करोड ७२ लाख ६५ हजार रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गर्ने भएको छ। मन्त्रालयले विद्यालय तह र उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरूलाई उक्त रकम बराबरको छात्रवृत्ति प्रदान गर्न लागेको हो।

विद्यालय शिक्षा छात्रवृत्तिअन्तर्गत १२ हजार ६५ जना विद्यार्थीले प्रति विद्यार्थी ५० हजारका दरले छात्रवृत्ति पाउनेछन्। त्यसका लागि मन्त्रालयले ६० करोड ३२ लाख ५० हजार रुपैयाँ विनियोजित गरेको छ। गैरआवासीय छात्रवृत्तिअन्तर्गत कक्षा १ देखि १२ सम्मका १५ लाख ४० हजार १०३ विद्यार्थीले छात्रवृत्ति पाउनेछन्। जसका लागि ६२ करोड ७० लाख ४७ हजार रुपैयाँ विनियोजित गरिएको छ।

प्राविधिक तथा व्यावसायिक शिक्षा छात्रवृत्तिअन्तर्गत ८ हजार २४५ विद्यार्थीले प्राविधिक शिक्षा अध्ययनका लागि छात्रवृत्ति पाउनेछन्। त्यसका लागि ५ करोड ९४ लाख रुपैयाँ बजेट विनियोजित गरिएको मन्त्रालयले जनाएको छ।

उच्च शिक्षा छात्रवृत्तिका लागि ३९ करोड ४६ लाख रुपैयाँ विनियोजित गरिएको छ। उच्च शिक्षा छात्रवृत्तिअन्तर्गत सहिद तथा द्वन्द्वपीडित विद्यार्थी, मुक्त कमलरी विद्यार्थी, मुस्लिम महिला विद्यार्थी, अपांगता भएका विद्यार्थीले वार्षिक २४ हजारका दरले पाउनेछन्।

आर्थिक रूपले विपन्न र दलित विद्यार्थीको साधारण विषयका लागि वार्षिक १५ हजार र प्राविधिक विषयका लागि २१ हजार रुपैयाँ छात्रवृत्ति पाउनेछन्। चिकित्सा शिक्षा छात्रवृत्तिअन्तर्गत १० हजार ५९४ जना विद्यार्थीले ५ अर्ब ११ करोड २९ लाख ६८ हजार रुपैयाँ बराबरको छात्रवृत्ति पाउनेछन्।

यस्तो छ छात्रवृत्ति कार्यक्रम

प्रकाशित: २२ माघ २०८१ १३:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast