कर्णालीका ७२ स्थानीय तहमा नेपाल टेलिकमको सेवा विस्तार

हिमाल प्रेस २१ माघ २०८१ १९:३४
8
SHARES
कर्णालीका ७२ स्थानीय तहमा नेपाल टेलिकमको सेवा विस्तार

सुर्खेत- कर्णाली प्रदेशका ७२ वटा स्थानीय तहमा नेपाल टेलिकमको सेवा विस्तार भएको छ। ७९ वटा पालिकामध्ये अब सातवटा पालिकामा मात्रै सेवा विस्तार हुन बाँकी रहेको हो।

नेपाल टेलिकम दुरसञ्चार प्रादेशिक निर्देशनालय कर्णाली प्रदेशले आफ्नो स्थापना दिवसको अवसरमा आज (सोमबार) वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएको हो।

प्रादेशिक निर्देशनालयका मधुसुधन दाहालले नेपाल टेलिकमको सेवा कर्णालीका सात स्थानीय तहमा मात्रै पुग्न बाँकी रहेको भन्दै अबको एक/दुई वर्षभित्र सेवा विस्तार भइसक्ने जानकारी दिएका हुन्।

डोल्पाका तीन स्थानीय तह र हुम्लाका चार स्थानीय तहमा नेपाल टेलिकमको सेवा पुग्न बाँकी रहेको उनले बताए। अहिले त्यहाँ सेवा विस्तारका लागि काम भइरहेको उनको भनाइ छ। कर्णालीमा नेपाल टेलिकममा २८१ वटा टावरहरू रहेको भन्दै केही टावर निर्माणको प्रक्रियामा रहेको दाहालले जानकारी दिए।

नेपाल टेलिकम प्रादेशिक निर्देशनालयका निर्देशक डा. कमल लामिछानेले २१ वर्षमा प्रवेश गर्दै गर्दा टेलिकमको सेवा थप गुणस्तरीय बनाउन लागिएको बताए। उनले सेवाग्राहीहरूलाई सेवामा सहज बनाउनका लागि कार्यालयबाट २४ सै घण्टा काम भइरहेको भन्दै सरोकारवालाहरूसँग समन्वय गरिने जानकारी दिए।

नेपाल टेलिकमले सोमबार आफ्नो स्थापना दिवस मनाउँदैछ। दिवसका अवसमार कर्णालीमा पनि विभिन्न कार्यक्रम गरिने जनाइएको छ।

प्रकाशित: २१ माघ २०८१ १९:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast