काठमाडौँ- काठमाडौँमा केही दिन बदली हुने भएको छ । पश्चिमी न्यूनचापीय प्रणाली केही सक्रिय हुँदा मौसम बदली हुने भएको हो।
काठमाडौँमा आज बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ६.१ डिग्री सेल्सियस रहेको मौसम विभागले जानकारी दिएको छ। विभागका अनुसार काठमाडौं दिउँसो अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियससम्म पुग्नेछ ।
उनका अनुसार मंगलबार र बुधबार पनि काठमाडौँमा मौसम बदली हुनेछ। यद्यपि, वर्षा हुने छैन। तराईका धेरै स्थानमा आज पनि हुस्सु र कुहिरो लागेको छ। न्यून भिजिविलिटी रहेको उनको भनाइ छ। तराईका केही स्थानमा शीतलहर चलिरहेको छ।
प्रकाशित: १४ माघ २०८१ ६:४५
प्रतिक्रिया