रूपन्देही अदालतले पनि रविलाई धरौटीमा गर्ला रिहा?

हिमाल प्रेस १० माघ २०८१ ७:४० | Thursday, January 23, 2025
रूपन्देही अदालतले पनि रविलाई धरौटीमा गर्ला रिहा?

काठमाडौँ- रवि लामिछानेलाई थुन्ने वा रिहा गर्ने बहस आज (बिहीबार)देखि जिल्ला अदालत रूपन्देहीमा सुरु हुँदैछ। उनीमाथि बुटवलको सुप्रिम सहकारीको बचत अपचलन मुद्दामा मुद्दा परेपछि आजदेखि थुनछेक बहस सुरु हुँदैछ।

जिल्ला अदालत रूपन्देहीमा न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा लामिछानेलाई थुनामा पठाउने कि बाहिरै रहेर मुद्दाको पुर्पक्ष गर्ने दिने भन्ने विषयमा वकिलहरूले बहस गर्नेछन्। सुरुमा सरकारी वकिलहरूले बहस गर्नेछन्। त्यसपछि जाहेरवाला सहकारी पीडित पक्षका वकिलले बहस गरेपछि प्रतिवादी पक्षका वकिलहरूको पालो आउँछ।

थुनछेक बहसमा १२ जनाभन्दा बढी सरकारी वकिलहरूले बहस गर्ने तयारी छ। पीडितको तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र सुरेन्द्र भण्डारीले बहस गर्ने छन्। त्रिपाठी र भण्डारी पनि रूपन्देही पुगिसकेका छन्।

रवि लामिछानेको पक्षबाट वरिष्ठ अधिवक्ता नारायणदत्त कँडेलले बहस गर्नेछन्। उनी बुधबार नै भैरहवा आइपुगेका छन् भने नारायण घिमिरे, सुशिल पन्तसहितका कानून व्यवसायीले पनि बहस गर्नेछन्। रूपन्देहीबाट बुटवल बारका अध्यक्ष गोविन्द मरासिनीले पनि लामिछानेको पक्षमा बहस गर्ने बताइएको छ।

सुप्रिम सहकारीको बचत अपचलन मुद्दाका लागि लामिछाने बुधबार अदालतमा उपस्थित भएका थिए।

प्रकाशित: १० माघ २०८१ ७:४० | Thursday, January 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast