शिक्षा क्षेत्रका साना घटना पनि मन्त्रालयसँग जोडिए : शिक्षामन्त्री भट्टराई

हिमाल प्रेस ६ माघ २०८१ १०:४१
646
SHARES
शिक्षा क्षेत्रका साना घटना पनि मन्त्रालयसँग जोडिए : शिक्षामन्त्री भट्टराई

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा क्षेत्रका साना घटना पनि मन्त्रालयसँग जोडिएको बताएकी छन्। बुधबार मन्त्रालयको उच्च व्यवस्थापन समूहको बैठकमा भट्टराईले उक्त कुरा बताएकी हुन्।

भट्टराईले नागरिकसँग जोडिएका शिक्षाका कामहरूमा जवाफदेहिता हुनुपर्ने बताइन्। उनले भनिन्,‘अहिले शिक्षा क्षेत्रमा हुने गरेका साना साना घटना पनि मन्त्रालयसँग जोडिएका छन्। स्रोत हामीसँग भएकोले जवाफदेहिता पनि हामीसँगै जोडिन्छ त्यसैले यसमा गम्भीरतापूर्वक लाग्न जरुरी छ।’

मन्त्रालय र अन्तर्गतका निकायबाट आमनागरिक एवम् सरोकारवालाहरूलाई प्रदान गर्ने सेवासम्बन्धी तथ्य, सूचना तथा जानकारीहरू अनलाइन प्लेटफर्मलगायत अन्य माध्यमबाट सार्वजनिक गरिनुपर्ने कुरामा जोड दिँदै उनले शिक्षा तीनवटै सरकारको विषय भएकोले प्रदेश र स्थानीय तहसँग समन्वय गर्नुपर्ने बताएकी थिइन्।

उक्त बैठकमा विभिन्न एजेण्डामा छलफल भई मन्त्रालयको प्रभावकारी कार्यसम्पादन गर्ने विषयमा निर्णय भएका थिए। शिक्षामन्त्री भट्टराईको उपस्थितिमा सम्पन्न उक्त बैठकमा शिक्षा सचिव, विज्ञान सचिव, मन्त्रालयका महाशाखा प्रमुखहरू, विभागीय कार्यालयका प्रमुखहरू तथा उच्चस्तरका कर्मचारीहरूको उपस्थिति रहेको थियो।

प्रकाशित: ६ माघ २०८१ १०:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast