आज आइतबार, सूर्यदेवको पूजा गर्ने दिन [पूजा विधिसहित]

हिमाल प्रेस ६ माघ २०८१ ६:५७
4
SHARES
आज आइतबार, सूर्यदेवको पूजा गर्ने दिन [पूजा विधिसहित]

काठमाडौँ- आज आइतबार। आइतबार सूर्य देवको पूजा गर्ने दिनको रूपमा मानिन्छ। धर्मशास्त्रमा उल्लेख भए अनुसार आइतबार सूर्य देवतालाई पूजा गर्नाले विशेष गरी समाजमा आदर र सम्मान पाउने विश्वास रहेको छ। साथै यस दिन सूर्यको मन्त्रलाई जप गर्नाले कुण्डलीमा भएको सूर्यदोष जाने पनि मान्यता रहेको छ।

यस्तो छ पूजा गर्ने विधि :
आइतबारको दिन बिहान छिट्टै उठेर नुहाउने र कुनै मन्दिर गई भगवानको दर्शन गर्ने। त्यसपछि सूर्यदेवलाई जल चढायो भने कुण्डलीमा भएको दोष नाश हुन्छ।

पूजामा सूर्य देवलाई मनपर्ने रातो फूल, रातो चन्दन, गुडहलको फूल र चामल चढाउनुपर्छ। साथै गुड वा गुडबाट बनेको मिठा पनि चढाउनु पर्छ।

कर्मपात्र (तामाको थाली) मा पानी राखेर पानीमा सूर्यको दर्शन गरिन्छ भने धेरै भक्तजनहरूले हातका औँलाबाट विशेष आकार बनाई सूर्य दर्शन गर्दछन्। पौष महिनाभरि सूर्यको स्तोत्र, महिमा, प्रवचन आदि श्रवण एवं पाठ गर्नु उत्तम मानिन्छ।

धर्मशास्त्रमा उल्लेख गरिए अनुसार आइतबारको दिनमा सूर्यअस्ताउनु भन्दा पहिला नूनको सेवन नगर्दा राम्रो हुन्छ। यो दिन मासु, रक्सी जस्ता भोजन खानु हुँदैन। दक्ष प्रजापतिकी छोरी रूपा सर्वकी पत्नी हुन्। यम र यमुना यिनैका सन्तान हुन् रक्त चन्दन र करवीरको पुष्पले सूर्यको पूजा गर्नुपर्दछ। यी दुवै वस्तु सूर्यका प्रिय छन्।

सूर्यको तेज सहन नसकी पलायन भएकी आफ्नी पत्नी रूपालाई प्राप्त गर्न सूर्यदेव उनको तपस्या स्थल उत्तर कुरु देश गए। त्यहीं सप्तमी तिथिमा दुवैको मिलन भएको हुँदा पनि सप्तमी सूर्यको प्रिय तिथि हो। जो व्यक्ति पञ्चमी तिथिमा एक छाक शुद्ध भोजन गरी षष्ठीको दिनमा उपवास गर्दछ र सप्तमीको दिनमा उपवास गरी विविध शाक पदार्थ भगवान् सूर्यलाई अर्पण गरेर ब्राह्मणलाई दान गर्दछ र रात्रिमा मौन रही भोजन गर्दछ उसलाई असीम पुण्य प्राप्त हुन्छ।

आइतबार आज तामा, सखर, रातो चन्दन, सूर्य महिमाको पुस्तक दान गर्न आवश्यक हुन्छ। आजको दिन ब्रह्म मुहूर्तमा नुहाएर सूर्योदयको समयमा भगवान् सूर्यलाई जलले मन्त्रसहित अर्घ दिँदा पुण्य कमाइन्छ। आइतबारको दिनमा सूर्यको अघ्र्य दिन निम्न मन्त्रलाई उच्चारण गरिन्छ।

प्रकाशित: ६ माघ २०८१ ६:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast