मोरङमा हात्तीको आक्रमणबाट एकको मृत्यु

हिमाल प्रेस ५ माघ २०८१ ९:५० | Saturday, January 18, 2025
मोरङमा हात्तीको आक्रमणबाट एकको मृत्यु फाइल तस्बिर।

काठमाडौँ- मोरङको सुन्दरहरैँचामा जंगली हात्तीले आक्रमणबाट एक जनाको ज्यान गएको छ। हात्तीको आक्रमणबाट शुक्रबार राति सुन्दरहरैँचा नगरपालिका–८ का ७१ वर्षीय वृद्ध हरिप्रसाद घिमिरेको ज्यान गएको हो।

एक महिनादेखि सुन्दरहरैचाका उत्तरी क्षेत्रमा हात्तीले आतंक मच्चाइरहेका छन्। राति १ बजेतिर घरमा आएर उपद्रो मच्चाउन थालेपछि भाग्न खोज्दा हात्तीको आक्रमणमा परी घिमिरेको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ।

 

प्रकाशित: ५ माघ २०८१ ९:५० | Saturday, January 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast