आन्दोलनको तयारीमा रहन शिक्षक कर्मचारीलाई महासंघको आग्रह

हिमाल प्रेस ४ माघ २०८१ ९:०८
1.6k
SHARES
आन्दोलनको तयारीमा रहन शिक्षक कर्मचारीलाई महासंघको आग्रह गतवर्ष असोजमा नेपाल शिक्षक महासंघको नेतृत्वमा काठमाडौँमा भएको शिक्षक आन्दोलन। फाइल तस्बिर।

काठमाडौँ- नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले देशभरका शिक्षक कर्मचारीलाई आन्दोलनको तयारीमा रहन आग्रह गरेको छ। महासंघसँग सरकारले पटकपटक गरेका सहमति पालना नगरेको भन्दै महासंघले शिक्षक कर्मचारीलाई आन्दोलनको तयारीमा रहन आज आग्रह गरेको हो।

सरकार र महासंघबीच विगतमा भएका सबै सहमति अक्षरसः सम्बोधन हुने गरी विद्यालय, विद्यार्थी र शिक्षक कर्मचारीमैत्री नयाँ ऐन जारी गराउन फेरि एकपटक आन्दोलनमा जुट्नुपर्ने अनिवार्यता रहेको नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए।

महासंघको यही माघ १६ र १७ गते बस्ने राष्ट्रिय समितिको बैठकबाट निर्णय गरी महासंघ कडा आन्दोलनमा जाने अध्यक्ष सुवेदीद्वारा जारी विज्ञप्ति उल्लेख छ।

उनले भने, ‘आन्दोलनका लागि तयार रहन महासंघ तथा यसमा आबद्धसम्बद्ध संस्थाका सबै प्रदेश, जिल्ला तथा पालिकाका सांगठनिक संरचना एवम् सबै शिक्षक कर्मचारी साथीहरूमा हार्दिक अपिल गर्दछौं। यस आन्दोलनबाट सिर्जना हुने परिणामप्रति सरकार स्वयम् जिम्मेवार रहने कुरा समेत जानकारी गराउँछौं।’

याे पनि

शिक्षा विधेयक पारितमा ढिलाइ  : आन्दोलन गर्न उक्साउँदै शीर्ष नेता

शिक्षा विधेयक पारित नहुँदा शिक्षक-कर्मचारी आक्रोशित, कांग्रेसको सुझाव : शान्तिपूर्ण आन्दोलन गर्नुहोस्

शिक्षक निवृत्तिभरणसम्बन्धी अध्यादेशप्रति महासंघको आपत्ति, देशव्यापी आन्दोलन तयारी सुरु

प्रकाशित: ४ माघ २०८१ ९:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast