हप्ताको दुई दिन सानेपा पुग्न मन्त्रीहरूलाई कांग्रेसको निर्देशन

हिमाल प्रेस ३ माघ २०८१ १४:१७ | Thursday, January 16, 2025
हप्ताको दुई दिन सानेपा पुग्न मन्त्रीहरूलाई कांग्रेसको निर्देशन सभापति शेरबहादुर देउवा । फाइल तस्बिर।

काठमाडौँ- नेपाली कांग्रेसले आफ्ना मन्त्रीहरूलाई हप्ताको दुई दिन पार्टी कार्यालयमा पुग्न निर्देशन दिएको छ। पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकन्ठमा मन्त्रीहरू र संसदीय कार्यसमितिको बैठकमा देउवाले यस्तो निर्देशन दिएको प्रमुख सचेतक श्याकमुमार घिमिरेले जानकारी दिए।

नेता कार्यकर्ताले मन्त्रीहरूले गुनासो नसुनेको गुनासो गर्न थालेपछि गुनासो सुन्ने गरी हप्ताको दुई दिन पार्टी केन्द्रीय कार्यालय पुग्न निर्देशन दिएको हो। ‘मन्त्रीहरू अब साताको दुई दिन सानेपा पुग्नुहुनेछ। पार्टीका नेता कार्यकर्तासँग उतै भेटघाट हुने गुनासो सम्बोधन गर्ने काम हुनेछ’ घिमिरेले भने।

स्थानीय तहबाट आउने गुनासोलाई सम्बोधन गर्न छुट्टै छलफल पनि गरिने उनको भनाइ छ। आजको बैठकले सांसद दीलेन्द्र बडूको संयोजकत्वमा संसदीय अनुशासन समिति बनाउने निर्णय पनि गरेको घिमिरेले जानकारी दिए।

प्रकाशित: ३ माघ २०८१ १४:१७ | Thursday, January 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast