कांग्रेस नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान निर्देशकमा पोखरेल नियुक्त

हिमाल प्रेस २ माघ २०८१ १६:१५ | Wednesday, January 15, 2025
कांग्रेस नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान निर्देशकमा पोखरेल नियुक्त कांग्रेस केन्द्रीय कार्यालय। फाइल तस्बिर

काठमाडौँ- सत्तारूढ दल नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान निर्देशक (नीति तर्फ) मा तनहुँका डा. जगदीशचन्द्र पोखरेल नियुक्त भएका छन्।

प्रतिष्ठान प्रमुख समेत रहेका उपसभापति पूर्णबहादुर खड्काले पोखरेललाई आज निर्देशकमा नियुक्त गरेको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

‘नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३६ तथा नेपाली कांग्रेसको नियमावली, २०७६ को परिच्छेद १२, नियम ३३ बमोजिम गठित केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशक (नीति तर्फ) को पदमा तनहुँका डा. जगदीशचन्द्र पोखरेललाई नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३६ (घ) बमोजिम नियुक्त गर्नु भएको छ‚’ पौडेलद्वारा जारी विज्ञप्तिमा लेखिएको छ।

प्रकाशित: २ माघ २०८१ १६:१५ | Wednesday, January 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast