कांग्रेसलाई जब नक्कली विज्ञप्तिले ‘टाउको दुखाइ बनायो’

हिमाल प्रेस २८ पुष २०८१ २०:४६
26
SHARES
कांग्रेसलाई जब नक्कली विज्ञप्तिले ‘टाउको दुखाइ बनायो’ कांग्रेस केन्द्रीय कार्यालय

काठमाडौँ- नेपाली कांग्रेसले सभापति शेरबहादुर देउवाको नाममा विज्ञप्ति निकालेर भ्रम सिर्जना गर्ने काम भएको भन्दै आपत्ति जनाएको छ।

सभापति देउवाको नाममा नक्कली विज्ञप्ति निकालेर गठबन्धन सरकारबारे अन्योल सृजना गर्ने काम भएको भन्दै कांग्रेसले आपत्ति जनाएको हो।

‘नेपाली राजनीतिलाई तरङ्गित गर्ने, गठबन्धनको सरकारबारे अन्योल सृजना गरी नेपाली जनतालाई दिगभ्रमित गर्ने कुत्सीत मानसायबाट नेपाली कांग्रेसका पार्टी सभापतिको नामबाट नक्कली प्रेस वक्तव्य विभिन्न सामाजिक सञ्जालहरूमा सम्प्रेषित भएकोमा हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ,’ मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति निकालेर भनेका छन्।

नक्कली विज्ञप्ति निकालेर भ्रम सिर्जना गर्ने कार्यमा संलग्नलाई कानुनी दायरामा ल्याउन कांग्रेसले माग गरेको छ।

पौडेलले निकालेको विज्ञप्तिमा भनिएको छ,‘हतास मानसिकताबाट गरिएका यस्ता घृणित कार्यको निन्दा गर्दै त्यस्ता गैरकानुनी कार्यमा संलग्न जो कसैलाई कानुनी दायरमा ल्याउन सम्बन्धित निकायसँग नेपाली कांग्रेस जोडदार माग गर्दछ।’

कांग्रेसले भ्रमित गतिविधिबाट प्रभावित नहुन अनुरोधसमेत गरेको छ। सरकारले अध्यादेश ल्याएकोमा त्यसको विरोध गर्दै सभापति देउवाको नाममा जारी भएको नक्कली विज्ञप्ति सामाजिक सञ्जालहरूमा सार्वजनिक भएको थियो।

प्रकाशित: २८ पुष २०८१ २०:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast