थुनछेक बहस भएन, रवि लामिछानेलाई न्यायिक हिरासत पठाउने आदेश

हिमाल प्रेस २८ पुष २०८१ १६:२५
48
SHARES
थुनछेक बहस भएन, रवि लामिछानेलाई न्यायिक हिरासत पठाउने आदेश

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाउन जिल्ला अदालत काठमाडौँले आदेश दिएको छ। काठमाडौँको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको बचत रकम अपचलनगरेको अभियोग लागेका लामिछाने आज आइतबार अदालत उपस्थित भएका थिए।

सहकारी ठगी प्रकरणमा कात्तिक २ पक्राउ परेर कात्तिक ३ गतेदेखि कास्की प्रहरीको हिरासतमा रहेका लामिछाने गत बिहीबार ८४ दिनमा रिहा भएका थिए। त्यसपछि उनी आज आफैँ काठमाडौँ अदालतमा उपस्थित भएका थिए।

जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले सोमबार फेरि अदालत पेस गर्ने गरी प्रहरीको जिम्मा लगाउन आदेश गरेको हो। आज कार्यालय समयभन्दा केहीअघि नै अदालत पुगेका लामिछानेको अधिकारीको इजलासमा बहस भएको थियो। बहस सकिएलगत्तै थुनछेक बहस हुने भनिए पनि हुन सकेन।

लामिछानेको बयान सकिएपछि थुनछेक बहसका लागि पूर्वमहान्यायाधीवक्ताद्वय सुशील पन्त र रमण श्रेष्ठ अदालत पुगेका थिए। तर सरकारी वकिलको कार्यालयले आफूहरूले लामिछानेको बयान अध्ययन नगरेकाले आज बहस गर्न नसक्ने जानकारी इजलासमै गरेपछि न्यायाधीशले फेरि उपस्थित गराउने गरी लामिछानेलाई प्रहरीको जिम्मा लगाए। यससँगै लामिछाने न्यायीक हिरासतमा जानेछन्।

स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलन गरेको भन्दै अभियोग पत्र दायर भएपछि उनी आइतबार आफैँ अदालतमा हाजिर भएका हुन्। गोरखा मिडिया नेटवर्कमा कानुन विपरीत स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ लगेको प्रहरीको अनुसन्धान निष्कर्ष छ। रविलाई सरकारी वकिलले सो ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ बिगो मागदाबी गरेको छ।

अभियोग पत्रमा उल्लेख भए अनुसार ७५ लाख १० हजार २ सय रुपैयाँ रेमिटमार्फत विदेश पठाएको भेटिएको छ। २०२१ र २०२२ मा सो रकम गएको प्रहरीको अनुसन्धान निष्कर्ष छ। सो रकम रवि लामिछानेको नामबाट विदेशमा पठाएको भेटिएको छ।

प्रकाशित: २८ पुष २०८१ १६:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast