समाजवादी मोर्चामा सहभागी हुने अनुरोध उपेन्द्रबाट अस्वीकार

हिमाल प्रेस २७ पुष २०८१ ८:३६ | Saturday, January 11, 2025
समाजवादी मोर्चामा सहभागी हुने अनुरोध उपेन्द्रबाट अस्वीकार

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपाल समाजवादी मोर्चामा सहभागी नहुने भएको छ। पछिल्लो समय सरकारविरुद्ध उभिन प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र र प्रतिपक्षी नेकपा एकीकृत समाजवादीले मोर्चामा आउन अनुरोध गरे पनि जसपा नेपालले अस्वीकार गरेको छ।

जसपा नेपालका प्रवक्ता मनिस सुमनले मोर्चा अवसरवादमा जेलिएको कारण सहभागी नहुने बताएका छन्। मोर्चामा अहिले माओवादी केन्द्र, एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपा र बाबुराम भट्टराईको पार्टीबाट विभाजित बनेको नेपाल समाजवादी पार्टी (नेसपा) रहेका छन्।

चक्रीय पद्धतिबाट संयोजक लिने प्रक्रिया अनुसार अहिले नेत्रबिक्रम चन्द ‘विप्लव’ मोर्चाको संयोजक छन्। तर अहिले मोर्चा निष्कृय जस्तै छ। समाजवादी विचारधारालाई अघि बढाउन भन्दै एक वर्षअघि मोर्चा खोलिएको भए पनि औचित्य पूरा गर्न सकेको छैन।

यसअघि मोर्चामै आबद्ध जसपा नेपाल पनि पछिल्लो समय अलग्गिएको हो। माओवादीका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदा आफ्नो दल विभाजन गर्न सक्रिय भूमिका खेलेको आरोप लगाउँदै जसपा नेपाल मोर्चाबाट बाहिरिएको हो। प्रचण्ड प्रधानमन्त्री बनेकै बेला जसपा नेपाल विभाजन भएर अशोक राईको नेतृत्वमा जसपा बनेको थियो।

प्रकाशित: २७ पुष २०८१ ८:३६ | Saturday, January 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast