काठमाडौँ- अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलको राजनीतिक प्रतिवेदन पारित गर्दै नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सकिएको छ।
आइतबारदेखि सुरु भएको बैठकबाट अध्यक्ष ओली र महासचिव पोखरेलको सांगठानिक प्रतिवेदन पारित गर्दै मंगलबार सकिएको हो।
बैठक समापन गर्दै अध्यक्ष ओलीले नेताहरूले उठाएका विभिन्न प्रश्नको जवाफ दिए। ओलीले दाने जग्गामा पार्टी कार्यालय भवन बनाउने र नेताहरूमाथि भएको कारबाही फिर्ता नहुने बताए।
‘पार्टी हितविपरित बोल्ने र काम कारबाही गर्नेको कारबाही फिर्ता हुँदैन। यस्तो अवस्था पार्टीमा रहँदा अराजकता बढ्छ’, अध्यक्ष ओली भने।
बैठकले माघदेखि चैतसम्म तीन महिने अभियान चलाउने निर्णय गरेको छ।
प्रकाशित: २३ पुष २०८१ १६:३९
प्रतिक्रिया