भीम रावलको निष्काशनपछि पहिलो पटक बस्दै एमालेको सचिवालय बैठक

हिमाल प्रेस १८ पुष २०८१ ६:३४
6
SHARES
भीम रावलको निष्काशनपछि पहिलो पटक बस्दै एमालेको सचिवालय बैठक फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक आह्वान गरेको छ ।

पार्टी कार्यालय च्यासलमा आज (बिहीबार) दिउँसो साढे १२ बजे बस्नेगरी बैठक बोलाएको केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।

केन्द्रीय कमिटी बैठकका एजेन्डा र राष्ट्रिय राजनीतिबारे छलफल गर्न बैठक बोलाइएको उनको भनाइ छ। एमालेले केन्द्रीय कमिटी बैठक पुस २१ र २२ गते बस्ने तय भएको छ।

यसअघिको सचिवालय बैठकले पूर्वउपाध्यक्ष भीम रावललाई निष्काशन गरेको थियो। पार्टीहित विपरीत अभिव्यक्ति दिएको भन्दै रावललाई एमालेबाट निष्काशन गरेको थियो।

प्रकाशित: १८ पुष २०८१ ६:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast