सुदूरपश्चिममा एमाले संसदीय दलको नेतामा रावल

हिमाल प्रेस १६ पुष २०७९ ११:३७ | Saturday, December 31, 2022
सुदूरपश्चिममा एमाले संसदीय दलको नेतामा रावल

काठमाडौँ- सुदूरपश्चिम प्रदेश सभामा एमालेको संसदीय दलको नेतामा राजेन्द्रसिंह रावल चयन भएका छन्। आज बसेको दलको बैठकले रावललाई दलको नेता चयन गरेको हो।

त्यस्तै उपनेतामा सन्तोष शर्मा थापा चयन भएका छन्। एमाले केन्द्रीय सचिव तथा प्रदेश इञ्चार्ज लेखराज भट्टको प्रमुख आथित्यतामा दलको बैठक बसेको थियो।

संसदीय दलको नेता चयन गर्न सुदूरपश्चिम प्रदेश सभाका १० जना सांसद उपस्थित थिए।

प्रकाशित: १६ पुष २०७९ ११:३७ | Saturday, December 31, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast