‘सके सहमति नभए पद्धतिबाट नेतृत्व लिनुपर्छ’

हिमाल प्रेस १६ पुष २०८१ १८:४४ | Tuesday, December 31, 2024
‘सके सहमति नभए पद्धतिबाट नेतृत्व लिनुपर्छ’

विराटनगर– नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजयकुमार गच्छदारले पार्टीको नेतृत्व सके सहमति नभए पद्धति अपनाएर लिनुपर्ने बताएका छन्।

कांग्रेस मोरङद्वारा मंगलबार आयोजित ‘नेपाली कांग्रेस राष्ट्रिय एकता तथा मेलमिलाप दिवस एवं नेपाली कांग्रेस १०० दिने विशेष अभियान’ समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

नेपाली कांग्रेसलाई बलियो बनाउन कार्यकर्ता गुटउपगुटमा बाँडिन नहुने उनको भनाइ थियो।

लोकतन्त्रको सुदृढीकरण तथा संस्थागत विकास गर्न कांग्रेस बलियो हुनुपर्ने धारणा राख्दै उनले भने, ‘नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीचको गठबन्धनले निरन्तरता पाउनुपर्छ।’

नेता गच्छदारले मुलुकमा राजनीतिक स्थिरता कायम गरी समृद्धि हासिल गर्न गठबन्धन अपरिहार्य छ भन्दै बीपी कोइरालाले अपनाएको राष्ट्रिय एकता र मेल मिलापको नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताए।

युगद्रष्टा बीपी कोइरालाले ४८ वर्षअघि लिएको नीतिकै आधारमा कांग्रेस र नेकपा (एमाले) ले मिलेर ठूलठूला आन्दोलनलाई सफल पारेको इतिहास स्मरण गर्दै गच्छदारले भने, ‘विगतमा कांग्रेसको नेतृत्वको सरकारले विकास र समृद्धिको आधार खडा गरेको स्मरण गराए।’

प्रकाशित: १६ पुष २०८१ १८:४४ | Tuesday, December 31, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast