लापर्बाहीले सवारी दुर्घटना भयावह, पाँच महिनामा १९१ को मृत्यु, ३२७ जना गम्भीर घाइते

हिमाल प्रेस १२ पुष २०८१ ६:५४ | Friday, December 27, 2024
लापर्बाहीले सवारी दुर्घटना भयावह, पाँच महिनामा १९१ को मृत्यु, ३२७ जना गम्भीर घाइते

झापा- कोशी प्रदेशमा पाँच महिनामा दुई हजार ९२ मोटरसाइकल दुर्घटनाका घटना भएका छन्।

चालु आर्थिक वर्षको साउनदेखि मंसिर मसान्तसम्ममा प्रदेशभर तीन हजार चार सय ९८ वटा सवारी दुर्घटना भएका इटहरीस्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ।

उक्त अवधिमा सबैभन्दा बढी मोटरसाइकल दुर्घटना भएका र त्यसपछि क्रमशः टेम्पो, जिप र कार दुर्घटना भएका उक्त कार्यालयका सूचना अधिकारी रामेश्वर ट्वाटीले बताए।

‘पूर्वपश्चिम राजमार्गमा एसियन हाइवेको स्तरोन्नति कार्य भइरहेको अवस्थामा जेब्रा क्रसिङ र सवारी संकेतको अभावमा बढी मोटरसाइकल दुर्घटना भएको देखिन्छ’, उनले दुर्घटनाको कारण बताउँदै भने, ‘तीव्र गतिमा लापर्बाहीपूर्वक मोटरसाइकल चलाउँदा मानव क्षति धेरै भएको छ।’

सवारी दुर्घटनामा परी सो अवधिमा एक सय ९१ जनाको मृत्यु भएको छ भने तीन सय २७ जना गम्भीर घाइते भएका छन्।

प्रकाशित: १२ पुष २०८१ ६:५४ | Friday, December 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast