कांग्रेसको सय दिने अभियानको समय थपियो

हिमाल प्रेस ११ पुष २०८१ १३:५४ | Thursday, December 26, 2024
कांग्रेसको सय दिने अभियानको समय थपियो कांग्रेस केन्द्रीय कार्यालय। फाइल तस्बिर।

काठमाडाैँ– नेपाली कांग्रेसले पार्टीको सांगठनिक गतिविवधि प्रभावकारी बनाउन भन्दै सुरु गरेको सय दिने विशेष अभियान थप गरेको छ। केन्द्रीय कार्यसमितिको गत साउन २३ देखि भदौ १६ सम्म बसेको बैठकको निर्णय बमोजिम सांगठनिक गतिविधि प्रभावकारी बनाउन गत असोज ७ मा सुरु भएको ‘१०० दिने विशेष अभियान’ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको दिन पुस १६ मा सकिँदैछ। यो बीचमा काम नसकेका जिल्लाको हकमा माघ १६ सम्म अभियानअन्तर्गतको काम गर्न समय थपिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

‘केही जिल्लामा प्राकृतिक प्रकोपको असर, कतिपय जिल्लामा स्थानीय तह उपचुनावका कारण अभियान थाल्न भएको ढिलाइ र अन्य विविध कारणले केही जिल्लामा ‘१०० दिने विशेष अभियान’ को तोकिएका कार्य सम्पादन हुन सकेका छैनन्, ती जिल्लाहरूले सहिद दिवसका दिन १६ माघ २०८१ समापन गर्ने गरि समयावधि थप गरिएको छ,’ उनले भनेका छन्।

जिल्लामा तोकिएका केन्द्रीय प्रतिनिधि, प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति लगायतका सबै समिति र सम्बद्ध सबैलाई थप अवधिमा सांगठनिक रूपले गर्न/गराउन सबै कार्यहरू व्यवस्थित रूपले अघि बढाउन कांग्रेसले निर्देशन पनि दिएको छ।

प्रकाशित: ११ पुष २०८१ १३:५४ | Thursday, December 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast