एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

हिमाल प्रेस १० पुष २०८१ १९:०३ | Wednesday, December 25, 2024
एमालेले बोलायो केन्द्रीय कमिटी बैठक नेकपा एमालेको केन्द्रीय कार्यालय।

काठमाडौँ- नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ। बुधबार बसेको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो।

केन्द्रीय कमिटी बैठक पुस २१ र २२ गते बस्ने छ।

उपमहासचिव प्रदीप ज्ञवालीले स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको जानकारी दिए।

बैठकमा राजनीतिक प्रतिवेदन पेश भएर छलफल हुनुका साथै समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।

प्रकाशित: १० पुष २०८१ १९:०३ | Wednesday, December 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast