काठमाडौँ- बुधबार परेको वर्षाका कारण काठमाडौँसहितका भूभागमा जाडो बढेको छ। हिमाली क्षेत्रमा हिउँ देखिएको छ भने तराईमा हुस्सु बढेको छ।
मौसम विद्ले भने अबको केही दिन वर्षा नहुने बताएका छन्। मौसम विद् धर्म उप्रेतीका अनुसार अब को २-४ दिन वर्षा हुने छैन। तर तराईमा बिहान हुस्सु देखिने छ।
उनका अनुसार अबका केही हिमाली क्षेत्रमा हिउँ बढ्नेछ। यो वर्षाले वायु प्रदुषण कम गर्न र खेती प्रणालीमा सहयोग समेत गरेको छ।
प्रकाशित: १० पुष २०८१ ७:५०
प्रतिक्रिया