फाइल तस्बिर
काठमाडौँ- नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ। बैठक बिहान ११ बजे ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्नेछ।
एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा केन्द्रीय कमिटी बैठकको तयारी, केन्द्रीय कमिटी बैठकको कार्यसूची, केन्द्रीय संगठन विभागको संगठन विस्तार योजनाबारे छलफल हुनेछ। बैठकले समसामयिक राजनीतिक विषय तथा आगामी केन्द्रीय कमिटी बैठकको मिति र एजेन्डा तय गर्नेछ।
एमालेले यही पुस २० र २१ गते केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेको छ। तर औपचारिक घोषणा भने गरेको छैन।यसअघि एमाले केन्द्रीय कमिटीको बैठक गत असारमा बसेको थियो। एमाले विधानअनुसार केन्द्रीय कमिटी बैठक प्रत्येक ६ महिनामा बस्नुपर्ने प्रावधान छ।
प्रकाशित: १० पुष २०८१ ७:२९ | Wednesday, December 25, 2024
प्रतिक्रिया




