कर्णाली प्रदेशले किन्यो जगदुल्ला जलविद्युत्‌को १२ लाख कित्ता सेयर

हिमाल प्रेस १५ पुष २०७९ १६:३९ | Friday, December 30, 2022
कर्णाली प्रदेशले किन्यो जगदुल्ला जलविद्युत्‌को १२ लाख कित्ता सेयर

काठमाडौँ- कर्णाली प्रदेश सरकारले डोल्पामा निर्माण हुने अर्धजलाशययुक्त जगदुल्ला जलविद्युत् आयोजनाको ११ लाख ७१ हजार ५०० कित्ता सेयर खरिद गरेको छ। मुख्यमन्त्री जीवनबहादुर शाहीलाई आयोजना प्रमुख सञ्जय सापकोटाले खरिद सेयरको प्रमाणपत्र हस्तान्तरण गरेका छन्।

सेयर प्रमाणपत्र ग्रहण गर्दै मुख्यमन्त्री शाहीले जगदुल्ला आयोजनाले समग्र कर्णालीको समृद्धि र विकासमा ठूलो सहयोग पुग्ने बताए। उनले भने, ‘गत साउनमै प्रदेश सरकारले आयोजनाको ५ प्रतिशत सेयर खरिद गर्ने निर्णय गरेको थियो’ उनले भने।

प्रतिसेयर एक सयका दरले ११ करोड ७१ लाख ५० हजार रकम जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडलाई उपलब्ध गराइसकेको मुख्यमन्त्री शाहीले जानकारी गराए। आयोजनाको विद्युत् गृह मुड्केचुला गाउँपालिका-४, इलमा निर्माण हुनेछ। जगदुल्ला गाउँपालिका–१ र २ मा बाँध निर्माण हुने आयोजनाले जनाएको छ।

काम सुरु गरेको करिब ६ वर्षभित्र पूरा गर्ने लक्ष्य लिइएको आयोजनाको करिब ७.१ किलोमिटर भूमिगत सुरुङ निर्माण गरी विद्युत् गृहमा खसालिने छ। १९ अर्ब ९० करोड रुपैयाँ लगानी हुने आयोजनाबाछ १०६ मेगावाट विद्युत् उत्पादन हुनेछ।

प्रकाशित: १५ पुष २०७९ १६:३९ | Friday, December 30, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast