शेख हसिनालाई फिर्ता पठाउन भारतलाई बंगलादेशको आग्रह

हिमाल प्रेस ८ पुष २०८१ २०:४३
24
SHARES
शेख हसिनालाई फिर्ता पठाउन भारतलाई बंगलादेशको आग्रह शेख हसिना : फाइल तस्बिर

काठमाडौँ – बंगलादेशले विद्यार्थी नेतृत्वको आन्दोलनले सत्ताच्युत गरेपछि अगस्ट ५ मा भारतमा शरण लिएकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई फिर्ता पठाउन भारतलाई औपचारिक अनुरोध गरेको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार बंगलादेशको अन्तरिम सरकारका विदेश मामिला सल्लाहकार तौहिद हुसेनले भारत सरकारलाई ‘नोट भर्बेल’ मार्फत यो अनुरोध गरिएको बताएका छन्।

‘हामीले शेख हसिनालाई फिर्ता पठाउन अनुरोध गर्दै भारतलाई नोट भर्बेल पठाएका छौँ,’ तौहिद हुसेनले पत्रकारहरूलाई भने।

अगस्ट ५ मा विद्यार्थी नेतृत्वको आन्दोलनले बंगलादेशकी प्रधानमन्त्री शेख हसिनालाई हप्तौँको विरोध र झडपपछि अपदस्थ गरेको थियो। विरोध र झडपका क्रममा छ सयभन्दा बढी मानिसको मृत्यु भएको थियो।

७६ वर्षीया हसिना भागेर भारत पुगेकी थिइन्। र, नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भयो।

यसअघि डिसेम्बर ९ मा शेख हसिनाले बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसलाई आफ्नो सत्ताबाट बहिर्गमनमा परिणत भएको विद्यार्थी प्रदर्शनको ‘मास्टरमाइन्ड’ भएको आरोप लगाउँदै प्रदर्शन ‘सावधानीपूर्वक डिजाइन’ गरिएको बताएका थिए।

युनाइटेड किङडम अवामी लिगको भर्चुअल बैठकलाई सम्बोधन गर्दै हसिनाले प्रदर्शनकारीहरूको सबै माग पूरा भए पनि देशभरि अशान्ति जारी रहेको दाबी गर्दै यो योजनाबद्ध षड्यन्त्र भएको बताएकी थिइन्।

‘सन् २०२४ जुलाई ७ मा सुरु भएको विद्यार्थी आन्दोलन विद्यार्थीद्वारा सुरु गरिएको थिएन, तर मलाई सत्ताच्यूत गर्न सावधानीपूर्वक डिजाइन गरिएको विरोध प्रदर्शन थियो भनेर युनुसले आफैँ भन्नुभयो। उहाँ मास्टरमाइन्ड हुनुहुन्थ्यो, उहाँले यो षड्यन्त्र सुरु गर्नुभयो किनभने सबै मागहरू पूरा भए र देशभरि विरोध प्रदर्शन भए पनि विरोधको कुनै सम्भावना थिएन। यो एक सावधानीपूर्वक रचिएको षड्यन्त्र थियो,’ हसिनाले दावी गरिन्।

उनले देशको अवस्थालाई नियन्त्रण गरेकोमा अन्तरिम सरकारको आलोचना गर्दै यसलाई ‘फासिस्ट’ भन्दै बंगलादेशका जनतालाई उनीहरूको अधिकारबाट ‘वञ्चित’ गरिएको बताए।

‘आज बंगलादेश कठिन समयबाट गुज्रिरहेको छ। फासीवादी सरकारअन्तर्गत बंगलादेशका जनतालाई उनीहरूको अधिकारबाट वञ्चित गरिएको छ। सम्पूर्ण बंगलादेश जलिरहेको छ। आज, बङ्गलादेश नष्ट भइरहेको छ,’ उनले भनिन्।

प्रकाशित: ८ पुष २०८१ २०:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast