वर्ल्डलिंकको आयोजनामा पोखरामा ‘कार्निभल’ हुँदै

हिमाल प्रेस ८ पुष २०८१ १८:४२ | Monday, December 23, 2024
वर्ल्डलिंकको आयोजनामा पोखरामा ‘कार्निभल’ हुँदै

काठमाडौँ-  नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले पोखरामा ‘कार्निभल’ को आयोजना गर्ने भएको छ। कार्निभलमा विभिन्न प्रकारका खाना स्टल, बालबालिकाका लागि खेल, विभिन्न प्रकारका रमाइला खेलहरू रहने वर्ल्डलिंकले जनाएको छ।

कार्निभलको मुख्य आकर्षणको रूपमा ‘द इलिमेन्ट्स’ ब्यान्डका साथै स्थानीय कालाकारहरूको प्रस्तुति रहने वल्र्डलिंकले जानकारी दिएको छ। चर्चित कार्यक्रम प्रस्तोता सुजिता श्रेष्ठले सञ्चालन गर्ने कार्निभलमा चर्चित डिजे एमीको प्रस्तुति रहनेछ।

पोखराको पामे चखंपुरमा हुन गइरहेको ‘अन्तर्राष्ट्रिय बलुन फेस्टिभल’ को पाँचौ दिनमा हुन गइरहेको यो कार्निभल पुस १३ गते बिहान ९ बजेबाट सुरू भई साँझ पाँच बजेसम्म चल्ने छ।

कार्यक्रममा विभिन्न प्रकारका मनोरञ्जनात्मक खेलहरू ‘पब्जी प्रतियोगिता’ तथा विभिन्न स्टल रहने वल्र्डलिंकले जनाएको छ। साथै कार्यक्रममा ‘बिट द स्पीड’ प्रतियोगितासमेत हुनेछ।

यो प्रतियोगितामा १४५ किमी प्रतिघण्टाभन्दा माथिको बलिङ गर्न सफल प्रतियोगीले आईफोन १६ उपहार पाउनेछन्।

कार्निभलमा सहभागी हुन चाहनेहरूको सहजताका लागि वल्र्डलिंकले पोखरामा पामेसम्म निःशुल्क बस सेवा प्रदान गर्ने भएको छ। विगतका कानिर्भल झैँ यसपालि पनि परिवारसहित उपस्थित हुने वर्ल्डलिंकले आग्रह गरेको छ।

प्रकाशित: ८ पुष २०८१ १८:४२ | Monday, December 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast