कर्णालीविरुद्ध टस जितेर जनकपुरले रोज्यो फिल्डिङ

हिमाल प्रेस ४ पुष २०८१ १२:११ | Thursday, December 19, 2024
कर्णालीविरुद्ध टस जितेर जनकपुरले रोज्यो फिल्डिङ

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत दोस्रो क्वालिफायर्समा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध सुरुमा फिल्डिङ गर्ने भएको छ। बिहीबार र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरका कप्तान आसिफ शेखले टस जितेर फिल्डिङको निर्णय लिए।

यस खेलको विजेताले शनिबार फाइनलमा सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ। जनकपुरले पहिलो क्वालिफायर्समा यही सुदूरपश्चिमविरुद्ध आठ विकेटको हार बेहोरेको थियो। हारका बावजुद जनकपुरलाई फाइनलमा स्थान सुरक्षित गर्न फेरि अर्को अवसर छ।

विपक्षी कर्णाली इलिमिनेटरमा चितवन राइनोजलाई २१ रनले पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान बनाउन सफल भएको हो।

सोमपाल कामीको कप्तानीमा रहेको कर्णालीले लिग चरण्मा आफ्नो पहिलो खेल जनकपुरसँगै खेलेको थियो। जुन खेलको नतिजा अनिल शाहको कप्तानीमा रहेको जनकपुरको पक्षमा गएको थियो। आफ्नो दोस्रो खेल खेलिरहेको जनकपुरले त्यतिबेला आठ विकेटको विजयी प्राप्त गरेको थियो।

जनकपुरले दोस्रो स्थानमा रहेर क्वालिफायर्समा स्थान बनाएको थियो। उता कर्णाली नेट रनरेटका आधारमा काठमाडौं गुर्खाजलाई पछि पार्दै शीर्ष चारमा अटाउन सफल भएको थियो।

प्रकाशित: ४ पुष २०८१ १२:११ | Thursday, December 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast