पोखराविरुद्ध सुदूरपश्चिमको रोमाञ्चक जित

हिमाल प्रेस ३० मंसिर २०८१ १६:२९ | Sunday, December 15, 2024
पोखराविरुद्ध सुदूरपश्चिमको रोमाञ्चक जित

काठमाडौँ- पोखरा एभेन्जर्सविरुद्ध पाँच रनको रोमाञ्चक सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर (एनपिएल) मा शीर्ष दुईको सम्भावनालाई बलियो बनाएको छ। जितसँगै ६ खेलमा १० अंक जोडेको सुदूरपश्चिम शीर्ष स्थानमा उक्लिएको छ। पोखराले सात खेलमा चार अंक जोड्दै सातौं स्थानमा रहेर लिग सक्काएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले प्रस्तुत गरेको १५४ रनको लक्ष्य पछ्याएको पोखरा १९.४ ओभरमा १४८ रनमा समेटियो। पोखराका लागि आन्द्रेस गोसले ३६, किरणकुमार ठगुन्नाले ३२, रेमोन रिफले ३३, दिनेश खरेलले १५ र जान मलिकले १० रन बनाए।

सुदूरपश्चिमका लागि स्कट कुग्गेलिजनले ३.४ ओभरमा एक मेडनसहित १८ रन खर्चिएर पाँच विकेट लिए। यसैगरी हरमितसिंहले तीन र सेफ जैबले एक विकेट लिए।

प्रकाशित: ३० मंसिर २०८१ १६:२९ | Sunday, December 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast