काठमाडौँको तापक्रम २.५ डिग्री सेल्सियस

हिमाल प्रेस २९ मंसिर २०८१ ८:०० | Saturday, December 14, 2024
काठमाडौँको तापक्रम २.५ डिग्री सेल्सियस काठमाडौँ उपत्यका। फाइल तस्बिर

काठमाडौँ- काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज थप घटेको छ।

बिहान पौने ६ बजेको न्यूनतम तापक्रम २.५ डिग्री सेल्सियस मापन हुँदा यो वर्षकै कम रेकर्ड भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शुक्रबार ३.९ डिग्री सेल्सियस मापन भएको थियो। आज र भोलि काठमाडौँ उपत्यकासहित देशका धेरैजसो भू-भागको मौसम सामान्यतया सफा नै रहने महाशाखाको भनाइ छ।

आज बिहान तराईका केही भू-भागमा हुस्सु लागेको थियो भने उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिउँ परेको थियो।

प्रकाशित: २९ मंसिर २०८१ ८:०० | Saturday, December 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast