यी दुई डीआईजी एआईजीमा बढुवा सिफारिस

हिमाल प्रेस २९ मंसिर २०८१ ६:१७ | Saturday, December 14, 2024
यी दुई डीआईजी एआईजीमा बढुवा सिफारिस

काठमाडौँ- नेपाल प्रहरीका दुई प्रहरी नायव महानिरीक्षक (डीआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएका छन्।

प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (४) अनुसार बढुवाका लागि गरिएको सिफारिस सूचीका आधारमा शुक्रबार बसेको बढुवा समितिको बैठकले डीआईजीहरू दुर्गा सिंह र भरतबहादुर बोहरालाई एआईजीमा बढुवा सिफारिस गरिएको हो।

शुक्रबारदेखि अवकाशमा गएका एआईजी भीमप्रसाद ढकाल र मंसिर २१ गते अवकाशमा पाएका केदार ढकालको रिक्त पदमा उनीहरूलाई ल्याइन लागिएको हो।

 

प्रकाशित: २९ मंसिर २०८१ ६:१७ | Saturday, December 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast