दुर्गा प्रसाईलाई ४० हजार धरौटीमा छाड्न आदेश

हिमाल प्रेस २७ मंसिर २०८१ १६:४५ | Thursday, December 12, 2024
दुर्गा प्रसाईलाई ४० हजार धरौटीमा छाड्न आदेश दुर्गा प्रसाई. फाइल तस्बिर।

काठमाडौँ- मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ। बिहीबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विष्णु प्रसाद अवस्थीको इजलासले उनलाई ४० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।

प्रधानमन्त्री केपी ओलीको कम्बोडियामा लगानी रहेको दाबी गर्दै विवादास्पद भिडियो सार्वजनिक गरेपछि गत कात्तिक ४ गते उनी पक्राउ परेका थिए। अदालतले उनलाई छोड्न आदेश दिए पनि रिहा भने नहुनेभएका छन्। उनीमाथि विद्युतीय कारोबार ऐनअन्तर्गतपनि अनुसन्धान गरिरहेको थियो अदालतले यही मुद्दामा धरौटीमा छोड्न आदेश दिएको हो।

उनीमाथि संगठित अपराध र अपराधिक लाभ लिन नहुने कसुरमा अनुसन्धान जारी छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले उनीमाथि भारतमा मानिस राखेर नेपालका व्यापारीलाई धमक्याउँदै रकम असुलेको अभियोगमा अनुसन्धान गरिरहेको छ।

प्रकाशित: २७ मंसिर २०८१ १६:४५ | Thursday, December 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast