ओलीको चीन भ्रमण र उपनिर्वाचन समीक्षाका लागि बस्दैछ एमाले सचिवालय बैठक

हिमाल प्रेस २५ मंसिर २०८१ ७:२० | Tuesday, December 10, 2024
ओलीको चीन भ्रमण र उपनिर्वाचन समीक्षाका लागि बस्दैछ एमाले सचिवालय बैठक फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ। दिउँसो ४ बजे केन्द्रीय पार्टी कार्यालय च्यासलमा बस्ने गरी सचिवालय बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्मराज अधिकारीले जानकारी दिए।

बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण, बीआरआई सम्झौता, स्थानीय तह उपनिर्वाचन लगायतका विषयमा समीक्षा गरिने एमालेले जनाएको छ।

मंसिर १६ गते सम्पन्न स्थानीय तह उपनिर्वाचनको नतिजा सार्वजनिक भैसकेको छ। कीर्तिपुर नगरपालिकाको मेयर र काठमाडौँ महानगर वडा नम्बर १६ सहित उपनिर्वाचन हुने आधा बढी स्थान जित्ने आन्तरिक विश्लेषण गरे पनि एमालेको उक्त विश्लेषण फेल भएको छ।

प्रकाशित: २५ मंसिर २०८१ ७:२० | Tuesday, December 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast