काठमाडौँ- नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक यही मंसिर २५ गते बस्ने भएको छ। पार्टी कार्यालयका सचिव डा. भीष्म अधिकारीले मंसिर २५ गते दिउँसो ४ बजे सचिवालय बैठक डाँकिएको जानकारी दिए।
उनका अनुसार बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको चीन भ्रमण, उपनिर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल हुने छ। बैंठक ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बस्ने छ।
प्रकाशित: २२ मंसिर २०८१ ९:०२
प्रतिक्रिया