एनपीएलमा आज : पहिलो भिडन्त रोहित र दीपेन्द्रबीच, दोस्रोमा सोमपाल र सन्दीप

हिमाल प्रेस २२ मंसिर २०८१ ६:५६
20
SHARES
एनपीएलमा आज : पहिलो भिडन्त रोहित र दीपेन्द्रबीच, दोस्रोमा सोमपाल र सन्दीप फाइल तस्बिर

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल)मा नेपाली कप्तान रोहित पौडेल र नेपाली टिमका महत्वपूर्ण अलराउन्डर दीपेन्द्रसिंह ऐरीको‌ टोली आज आमने सामने हुँदैछन्।

एनपीएलको सातौं दिनको शनिबार पहिलो खेलमा नेपाली टोलीका कप्तान रोहितको नेतृत्वमा रहेको लुम्बिनी लायन्स र दीपेन्द्रको कप्तानी गरेको‌ सुदूरपश्चिम रोयल्सबीच खेल हुँदैछ। कीर्तिपुरस्थित टीयू मैदानमा खेल बिहान ९ बजे सुरु हुनेछ।

लुम्बिनीले सुरुवाती दुवै खेलमा हार बेहोरेर दबाबमा छ। पहिलो खेलमा विराटनगर किंग्ससँग हारेको लुम्बिनीले पोखरा एभेन्जर्ससँगको खेल पनि गुमाएको थियो।

सुदूरपश्चिम भने लगातार तेस्रो जित निकाल्दै शीर्ष स्थानमा उक्लिने लक्ष्यमा रहेको छ । सुदूरपश्चिमले पहिलो खेलमा विराटनगर र दोस्रोमा काठमाडौं गुर्खाजलाई पराजित गरेको थियो ।

आजै दोस्रो खेलमा सोमपाल कामी कप्तान रहेको कर्णाली याक्स र सन्दीप लामिछाने कप्तानी रहेको विराटनगरबीच प्रतिस्पर्धा हुनेछ खेल दिउँसो १ बजे सुरु हुनेछ।

दुवै टोली चौथो खेल खेल्दैछन्। दुवै दोस्रो जितको खोजीमा छन्। सुरुवाती दुवै खेल हारेका दुवैले पछिल्लो खेलमा भने जित हात पारेका थिए।

विराटनगर पहिलो खेलमा जनकपुर बोल्ट्स र अर्कोमा सुदूरपश्चिमसँग पराजित भएको थियो। तेस्रोमा टोलीले लुम्बिनीलाई हराएको थियो।

कर्णाली सुरुको दुई खेलमा जनकपुर बोल्ट् र काठमाडौंसँग पराजित भएको थियो। तेस्रो खेलमा कर्णालीले चितवन राइनोजलाई हराएको थियो।

नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा ८ टोलीको सहभागिता रहेको एनपीएल पुस ६ गते सम्म चल्ने छ। राउन्ड रोबिन लिगपछि शीर्ष ४ टोली प्लेअफमा प्रवेश गर्नेछन्।

प्रकाशित: २२ मंसिर २०८१ ६:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast