एकैदिन ११ स्थानमा आगलागी, चार जना घाइते

हिमाल प्रेस २१ मंसिर २०८१ २१:१२
10
SHARES
एकैदिन ११ स्थानमा आगलागी, चार जना घाइते प्रतीकात्मक तस्बिर

काठमाडौँ- नेपालका विभिन्न क्षेत्रमा पछिल्लो २४ घण्टामा ११ ठाउँमा आगलागी भएको छ। काठमाडौँसहित विभिन्न जिल्लामा भएको आगलागीबाट चार जना घाइते भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। जनावरको आक्रमणबाट अन्य दुई जना पनि घाइते भएका छन्।

प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले आगलागीका घटना बढ्न थालेकाले सावधानी अपनाउन सबैमा अनुरोध गरे।  उनका अनुसार कतिपय स्थानमा विद्युत् चुहिएर आगलागी भएका छन् भने कतिपय स्थानमा सिलिण्डरबाट पनि अगलागी भएका छन्। केही ठाउँमा असावधानी बस आगलागीका घटना हुने गरेका छन्।

काठमाडौँ महानगरपालिका-९ सिनामङ्गलमा धरान नपा-४ घर भएका एक व्यक्तिको घरमा ग्याँस चुहिएर आज (शुक्रबार) भएको आगलागीमा उनीसहित तीन जना घाइते भएका प्राधिकरणले जनाएको छ। यस्तै इलाममा पनि विद्युत् चुहावट हुँदा भएको आगलागीमा एक जना घाइते भएको छन्।

प्राधिकरणका अनुसार तेह्रथुमस्थित एक घरमा आगलागी हुँदा अन्नपात लत्ताकपडासहित १२ लाखभन्दा बढीको क्षति भएको छ। यस्तै सङ्खुवासभा, सप्तरी, रौतहट, झापा, बाँके, अछाममा पनि आगलागीबाट लाखौँको धानमाल क्षति भएको प्राधिकरणले जानकारी दिएको छ।

यसअघि बिहीबार भएको आगलागीबाट चार जना घाइते भएका थिए। सबै आगलागीबाट अनुमानित २५ लाखको क्षति भएको विवरण प्राप्त भएको प्रवक्ता डा. भट्टराईले जानकारी दिए। प्राधिकरणले दिएको जानकारीअनुसार ललितपुरमा कुकुरले टोकेर एक जना र बाँकेमा आफैँले पालेको गोरुले हानेर अर्का एक जना पनि घाइते भएका छन्। रासस

प्रकाशित: २१ मंसिर २०८१ २१:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast