रविलाई मध्यरातमा चितवनबाट सीधै पोखरा लगियो

हिमाल प्रेस २० मंसिर २०८१ ७:४९
14
SHARES
रविलाई मध्यरातमा चितवनबाट सीधै पोखरा लगियो फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई चितवनबाट राति नै पोखरा पुर्‍याइएको छ।

उनलाई चितवनबाट राति ३ः३० बजे पोखरा पुर्‍याइएको हो।  सहारा चितवन सहकारी ठगी प्रकरणमा चितवन प्रहरीले सरकारी वकिलसमक्ष बयान लिइसकेपछि रविलाई गएराति नै पुनः कास्की जिल्ला प्रहरीको हिरासतमा लगिएको हो।

कास्की प्रहरी प्रवक्ता, डीएसपी वसन्तकुमार शर्माले रास्वपा सभापति लामिछानेलाई नै राति नै पोखरा ल्याइएको जानकारी दिए।
उनीविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी भएको छ। रविलाई पर्सा लैजानुपर्ने भएकाले तत्काल पोखरा लगिएको प्रहरी स्रोतको दाबी छ। उनी गत कात्तिक २ देखि हिरासतमा छन्।

विभिन्न सहकारी प्रकरणमा जोडिएका रवि रुपन्देही, काठमाडौँ, चितवन र कास्कीमा बयान दिइसकेका छन्। अब उनलाई पर्सा लैजाने तयारी छ।

प्रकाशित: २० मंसिर २०८१ ७:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast