एनपीएल : पहिलो खेलमा करण र सोमपालको प्रतिस्पर्धा, दोस्रोमा सन्दीप र रोहित भिड्दै

हिमाल प्रेस १९ मंसिर २०८१ ६:५६
8
SHARES
एनपीएल : पहिलो खेलमा करण र सोमपालको प्रतिस्पर्धा, दोस्रोमा सन्दीप र रोहित भिड्दै

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा सोमपाल कामी नेतृत्वको कर्णाली याक्स र करण केसी नेतृत्वको काठमान्डु गुर्खाज भिड्दैछन्। खेल त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे हुनेछ।

कर्णाली याक्सले आफ्नो पहिलो खेलमा हार बेहोरेको थियो। जनकपुर बोल्ट्ससँग आठ विकेटले पराजित भएको थियो। यस्तै काठमान्डु पनि आफ्नो पहिलो खेलमा पराजित भएको थियो। चितवन राइनोजले काठमान्डुलाई पाँच विकेटले हराएको थियो।

यस्तै दोस्रो खेलमा आज रोहित पौडेल नेतृत्वको लुम्बिनी लायन्सले आफ्नो डेब्यु खेल खेल्दैछ। आजको दोस्रो खेलमा लुम्बिनीले विराटनगर किंग्सको सामना गर्नेछ।

खेल त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजे हुनेछ। आफ्नो पछिल्लो दुई खेलमध्ये दुई वटैमा हार बेहोरेको विराटनगर आज जित्नु पर्ने दबाबमा हुनेछ।

विराटनगर आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्ससँग आठ विकेटले हारेको थियो। दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगरलाई ९० रनले पराजित गरेको थियो।

प्रकाशित: १९ मंसिर २०८१ ६:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast