एनपीएल : सन्दीपको विराटनगर र दीपेन्द्रको सुदूरपश्चिमको पहिलो खेल, दोस्रोमा दुई कुशलको प्रतिस्पर्धा

हिमाल प्रेस १८ मंसिर २०८१ ७:३३
8
SHARES
एनपीएल : सन्दीपको विराटनगर र दीपेन्द्रको सुदूरपश्चिमको पहिलो खेल, दोस्रोमा दुई कुशलको प्रतिस्पर्धा

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) मा आजको पहिलो खेलमा सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किंग्स र दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम रोयल्सबीच खेल हुँदैछ।

यी दुई टोली बीचको खेल बिहान ९ बजे कीर्तिपुरमा रहेको टीयू क्रिकेट मैदानमा हुनेछ। विराटनगर दोस्रो खेलमा पहिलो जितको खोजीमा रहेको छ।

सन्दीपको कप्तानीमा रहेको विराटनगर पहिलो खेलमा जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएको थियो। उता, सुदूरपश्चिम भने पहिलो खेल खेल्दैछ। जितका साथ लिग सुरुवातको लक्ष्यमा सुदूरपश्चिम रहेको छ।

आजै हुने दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्स खेल्दैछन्। दुईबीचको खेल दिउँसो १ बजे कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुनेछ।

कुशल मल्लको कप्तानीमा रहेको चितवन लगातार दोस्रो जितको खोजीमा रहनेछ। चितवनले पहिलो खेलमा काठमाडौँ गुर्खाजलाई ५ विकेटले पराजित गरेको थियो। कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा भने पहिलो खेल खेल्दैछ । जितका साथ लिग सुरुवात गर्ने लक्ष्यमा पोखरा रहेको छ ।

पुस ६ गतेसम्म चल्ने एनपिएलमा ८ टोलीको सहभागिता छ । राउन्ड रोबिन लिगपछि शीर्ष ४ टोली प्लेअफमा प्रवेश गर्नेछन् ।

प्रकाशित: १८ मंसिर २०८१ ७:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast