उचित क्षतिपूर्तिको माग गर्दै चन्द्रागिरीका स्थानीयले गरे सुरुङ मार्ग निर्माणमा अवरोध

हिमाल प्रेस १४ मंसिर २०८१ १६:५१ | Friday, November 29, 2024
उचित क्षतिपूर्तिको माग गर्दै चन्द्रागिरीका स्थानीयले गरे सुरुङ मार्ग निर्माणमा अवरोध

काठमाडौँ – काठमाडौंको चन्द्रागिरीका स्थानीयले उचित क्षतिपूर्ति नपाए सम्म सुरूङमार्गको काम अघि बढ्न नदिने भन्दै प्रदर्शन गरेका छन्। सुरुङ मार्ग निमार्णको क्रममा घरहरूमा समस्या आएको, चिरा परेको र पानी सुकेको भन्दै स्थानीयले आन्दोलन गरेका हुन्। विगत ६ दिनदेखि स्थानीयहरूले उचित क्षतिपूर्ति पाउनु पर्ने भन्दै सुरूङ्ग मार्गको काम ठप्प पारेका हुन्।

पटक-पटक सरकारले वार्ता, भेटघाट तथा आश्वासन देखाए पनि आयोजनाले मागको सुनुवाइ गरेको स्थानीयले बताए। चन्द्रागिरी नगरपालिकाले स्थानीय जनताको माग प्रति सकारात्मक तवरले सहजिकरण नगरेको उनीहरु रुष्ट बनेका छन्।

आयोजनाले भने स्थानीय अवरोधका कारण निर्माण कार्यमा ढिलाइ भइरहेको जनाएको छ। हालसम्म आयोजना सम्पन्न भइसक्नु पर्नेमा ८२ प्रतिशत काम सकिएको छ भने दैनिक १२० मिटर ढलान हुनु पर्ने काम पनि रोकिएको छ।

प्रकाशित: १४ मंसिर २०८१ १६:५१ | Friday, November 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast