बंगलादेशमा हिन्दू समुदायका शीर्ष नेतालाई अन्यायपूर्वक गिरफ्तार गरिएको छ : शेख हसिना

हिमाल प्रेस १३ मंसिर २०८१ २०:४९ | Thursday, November 28, 2024
बंगलादेशमा हिन्दू समुदायका शीर्ष नेतालाई अन्यायपूर्वक गिरफ्तार गरिएको छ : शेख हसिना सेख हसिना : फाइल तस्बिर

काठमाडौँ- बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले चिन्मय कृष्ण दासलाई तत्काल रिहा गर्न माग गरेकी छन्।

हसिनाले गरेको यो मागलाई उनको पार्टी अवामी लिगले सामाजिक सञ्जाल एक्समा पोस्ट गरेको हो।

चिन्मय कृष्ण दासको रिहाईको माग गर्दै हसिनाले लेखेकी छन्,‘सनातन धार्मिक समुदायका एक शीर्ष नेतालाई अन्यायपूर्वक गिरफ्तार गरिएको छ, उहाँलाई तत्काल रिहा गरियोस्। चटगाँवमा एक मन्दिरमा आगजानी गरिएको छ। सबै समुदायका मानिसको धार्मिक स्वतन्त्रता र धनजनको सुरक्षा सुरक्षित होस्।’

पोस्टमा चटगाँवमा वकिलको हत्यामा संलग्नलाई तत्काल पक्राउ गर्न पनि माग गरिएको छ।

‘चटगाँवमा एक वकिलको हत्या भएको छ। यो हत्याको कडा विरोध भइरहेको छ। हत्यामा संलग्नलाई यथाशीघ्र पक्राउ गरेर सजाय दिइओस्। यो घटनाबाट मानवअधिकार उल्लंघन भएको छ,’ पोस्टमा भनिएको छ।

असंवैधानिक तरिकाले सत्ता कब्जा गरेका युनुस सरकार यी आतंकवादीलाई सजाय दिन असफल भएको खण्डमा मानवअधिकार उल्लंघनका लागि सजाय भोग्न तयार भएर बस्नुपर्ने पूर्वप्रधानमन्त्री हसिनाले चेतावनी दिएकी छन्।

उनले भनेकी छन्,‘असंवैधानिक तरिकाले सत्ता कब्जा गर्ने युनुस सरकार यी आतंकवादीलाई दण्डित गर्न असफल भए, मानवअधिकार उल्लंघनको सजायको सामना गर्न तयार रहोस्। यसखाले आतंकवाद र उग्रवादविरूद्ध एकजुट हुन म देशका सबै नागरिकसँग मेरो आग्रह छ।’

बंगलादेशमा हिन्दू समुदायको इस्कोन मन्दिरसँग आवद्ध चिन्मय कृष्ण दासको अपिल खारेज गर्दै अदालतले उनलाई कारागारमा राख्न आदेश दिएको थियो।

मंगलबार उनलाई चटगांवस्थित कोतवाली प्रहरी चौकीमा दायर देशद्रोहको मामिलामा अदालतमा उपस्थित गराइएको थियो। चटगांवमा वकिलको हत्यामा उनको संलग्नता रहेको आरोप लगाइएको छ।

प्रकाशित: १३ मंसिर २०८१ २०:४९ | Thursday, November 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast