शिक्षामन्त्री भट्टराईले शिक्षा सुधारसम्बन्धी अन्तर्राष्ट्रिय वित्तीय साझेदारहरूसँग गरिन् छलफल

हिमाल प्रेस १३ मंसिर २०८१ १०:५१
678
SHARES
शिक्षामन्त्री भट्टराईले शिक्षा सुधारसम्बन्धी अन्तर्राष्ट्रिय वित्तीय साझेदारहरूसँग गरिन् छलफल

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले नेपालको शिक्षा क्षेत्र सुधारका अन्तर्राष्ट्रिय निकायहरूसँग छलफल गरेकी छन्।

मन्त्रालयको नेतृत्वमा कार्यान्वयनमा रहेको विद्यालय शिक्षा क्षेत्र योजना (School Education Sector Plan- SESP) कार्यान्वयनको सन्दर्भमा संयुक्त पुनरावलोकन बैठकको अवसरमा संयुक्त वित्तीय साझेदारहरू (Norway, ADB, USAID, UNICEF, EU, WB, GPE) को प्रमुख तथा प्रतिनिधिसँग मन्त्री भट्टराईले बुधबार छलफल गरेकी हुन्।

साे क्रममा मन्त्री भट्टराईले शिक्षक विकास र व्यवस्थापनको रणनीति, विद्यालय दिवा खाजा, सिकाइ सामग्री विकास र प्रयोग जस्ता विषयहरूमा छलफल गरिन्।

प्रकाशित: १३ मंसिर २०८१ १०:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast