विदेशीको प्रभाव र सत्तास्वार्थमा माओवादीसँगै कांग्रेस-एमाले पनि बहकिए : कमल थापा

हिमाल प्रेस १२ मंसिर २०८१ १८:५९
28
SHARES
विदेशीको प्रभाव र सत्तास्वार्थमा माओवादीसँगै कांग्रेस-एमाले पनि बहकिए : कमल थापा

विराटनगर- राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा जबर्जस्ती लादिएको गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता विदेशी एजेन्डा भएको बताएका छन्।

मुलुकमा देखिएको सम्पूर्ण रोग, भोक, गरिबी, अशिक्षा र पछौटेपनको एक मात्र कारण सनातन हिन्दु धर्म, राजसंस्था, एकात्मक शासन प्रणाली भएको गलत भाष्य निर्माण गर्दै भ्रमको खेती गरी षड्यन्त्रपूर्वक ढंगबाट राजसंस्था र सनातन हिन्दु राष्ट्रको पहिचान समाप्त गरिएको थापाले बताएका हुन्।

विराटनगरमा बुधबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै थापाले विदेशीहरूको प्रायोजन र षड्यन्त्रबाट मुलुकको महत्त्वपूर्ण पहिचानलाई समाप्त पार्न देशभित्रका पार्टीहरूलाई प्रयोग गरिएको आरोप लगाए। विदेशीको दबाब, प्रभाव र सत्तास्वार्थमा माओवादीसँगै कांग्रेस-एमाले पनि बहकिएको उनले बताए।

अहिलेको भ्रष्ट व्यवस्था र शासकबाट मुक्ति पाउन जनता सडकमा आउनुपर्नेमा  उनले जोड दिए। सबै राष्ट्रवादी, हिन्दुवादी र संघीयता विरोधीहरू एक ठाउँमा आउनुपर्ने उनले औँल्याए।

प्रकाशित: १२ मंसिर २०८१ १८:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast