प्रधानमन्त्रीलाई कांग्रेसले फेरि भन्यो : ऋणको भार नबोक्ने गरी बीआरआई कार्यान्वयनमा लैजाऊँ

हिमाल प्रेस १२ मंसिर २०८१ १५:४९
12
SHARES
प्रधानमन्त्रीलाई कांग्रेसले फेरि भन्यो : ऋणको भार नबोक्ने गरी बीआरआई कार्यान्वयनमा लैजाऊँ प्रकाशशरण महत

काठमाडौँ- नेपाली कांग्रेसले प्रधानमन्त्रीको आसन्न चीन भ्रमणमा चिनियाँ परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)बाट ऋणको भार नथप्ने गरी अघि बढ्न आग्रह गरेको छ।

आज बुधबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको शीर्ष नेताको बैठकले ऋण नथप्ने गरी बीआरआई अघि बढाउने पार्टीको निष्कर्ष निकालेको प्रवक्ता प्रकाशरण महतले जानकारी दिए।

‘म आफैं परराष्ट्रमन्त्री हुँदा बीआरआईको एमओयूमा हस्ताक्षर भएको हो। बीआरआईअन्तर्गतको परियोजना लिने विषयमा कांग्रेसमा द्विविधा छैन’, बैठकपछि पत्रकारहरूसँग महतले भने, ‘तर देशलाई ऋणको भार थप्ने अवस्थालाई स्वीकार्न सकिँदैन। बीआरआईअन्तर्गतका नौ वटा परियोजनामाध्ये सुरुङमार्ग, सडकमार्ग र रेलमार्गसहित उत्तरी नाका जोड्ने आयोजनालाई ‘ग्राण्ड फाइनान्सिङ’, ‘टेक्निकल सपोर्ट’सहितमा चीनबाट सहयोग लिन सकिने पक्षमा कांग्रेस रहेको छ।’

कांग्रेसले सत्ता साझेदार दलका रुपमा सुझाव दिएको बताउँदै सरकारका तर्फबाट निर्णय गर्ने अधिकार प्रधानमन्त्री ओलीलाई छाडिएको जनाएको छ।

‘बीआरआईको वैश्विक दृष्टिकोणअनुसार अघि बढाइएको हो। यो धेरै ठूलो महत्वकांक्षी परियोजना हो। छिमेकी र शक्ति राष्ट्रले आफ्नो आर्थिक शक्तिलाई प्रयोग गर्नु अनौठो होइन’, उनले भने, ‘चीन नेपालको छिमेकी हो, हामीले चीनसँग उत्कृष्ट सम्बन्ध राख्नुपर्छ। मित्रवत् सम्बन्ध राख्नुपर्छ।’

उनले नेपालले भारत र चीनको सम्बन्धलाई अत्यन्त महत्त्व पनि दिएको बताए। ‘हामीले कुनै पनि सम्झौता राष्ट्रको स्वार्थमा गर्नुपर्छ। विदेशनीतिमा एउटै मापदण्ड अपनाउनुपर्छ। यो सम्झौता र सम्बन्धले कसरी राष्ट्रिय स्वार्थलाई बलियो बनाउँछ भन्ने हेर्नुपर्छ’, उनले भने, ‘जोसुकै सत्तामा आए पनि यो कुरालाई बिर्सिनु हुँदैन।’

चीनले अघि सारेको बीआरआई परियोजनामा नेपालले सन् २०१४ मा सैद्धान्तिक सहमति जनाएको थियो। त्यसपछि नेपालले २०१७ मे १२ मा बीआरआई फ्रेमवर्क समझदारी पत्रमा हस्ताक्षर गरेको थियो। उक्त पत्रमा तत्कलीन परराष्ट्रमन्त्री एवम् कांग्रेस नेता डा. प्रकाशशरण महतले गरेका थिए।

प्रकाशित: १२ मंसिर २०८१ १५:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast