एमाले महासचिव पोखरेल र भियतनाम कम्युनिस्ट पार्टीबीच भेटघाट, बुद्धधर्मबारे छलफल

हिमाल प्रेस १२ मंसिर २०८१ ६:२० | Wednesday, November 27, 2024
एमाले महासचिव पोखरेल र भियतनाम कम्युनिस्ट पार्टीबीच भेटघाट, बुद्धधर्मबारे छलफल

काठमाडौँ- नेपाल भ्रमणमा रहेको भियतनाम कम्युनिस्ट पार्टीको टोलीले नेकपा एमालेका महासचिव शंकर पोखरेलसँग भेट गरेको छ।

भियतनाम कम्युनिस्ट पार्टीका वैकल्पिक केन्द्रीय सदस्य ली हाई बिन नेतृत्वको टोलीले मंगलबार एमाले पार्टी कार्यालयमा पुगेर महासचिव पोखरेलसँग भेट गरेको हो।

भेटमा दुई देशका सरकार, कम्युनिस्ट पार्टी र जनताबीचको सम्बन्धका बारेमा छलफल भएको थियो। महासचिव पोखरेलले भियतनामसँगको सम्बन्धका विभिन्न पाटाको चर्चा गर्दै बुद्ध धर्मले नेपाल र भियतनामलाई सांस्कृतिक रूपमा जोडेको बताए। उनले यस सम्बन्धलाई घनिष्ठ बनाउन दुई देशबीच सिधा हवाई सेवा सञ्चालन गर्न पहल हुनुपर्नेमा जोड दिए।

भियतनामको आर्थिक विकासबाट नेपालको विकास र समृद्धिको यात्रा अगाडि बढाउन सकारात्मक प्रभाव पर्ने पोखरेलको भनाइ थियो। भेटमा लीले नेपालमा कम्युनिस्ट पार्टीले हासिल गरेको सफलताप्रति खुसी प्रकट गरे।

उनले दुई कम्युनिस्ट पार्टीबीचको सम्बन्धलाई सुदृढ बनाउँदै दुवै देश र जनताको आर्थिक समृद्धिका लागि आपसी सहयोग अभिवृद्धि गर्न भियतनाम तयार रहेको धारणा पनि राखे।

प्रकाशित: १२ मंसिर २०८१ ६:२० | Wednesday, November 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast