बंगलादेशमा हिन्दु अल्पसंख्यकमाथि ज्यादती, भारतको विरोध

हिमाल प्रेस ११ मंसिर २०८१ १७:१३
10
SHARES
बंगलादेशमा हिन्दु अल्पसंख्यकमाथि ज्यादती, भारतको विरोध चिन्मय कृष्ण दास।

काठमाडौँ- भारतले बंगलादेशमा इस्कोनसँग सम्बन्धित चिन्मय कृष्ण दासको गिरफ्तारीप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। भारतीय परराष्ट्र मन्त्रालयले चिन्मय कृष्ण दासको गिरफ्तारीप्रति चिन्ता व्यक्त गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

मन्त्रालयले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘हामी बंगलादेशको सनातन जागरण जोटका प्रवक्ता चिन्मय कृष्ण दासको गिरफ्तारीप्रति गहिरो चिन्ता व्यक्त गर्दछौँ। यो घटना त्यहाँका कट्टरपन्थी तत्त्वहरूले हिन्दु तथा अन्य अल्पसंख्यकहरूलाई लक्षित गरी गरेका आक्रमणहरूको शृंखला हो।’

अल्पसंख्यक समुदायका घर र पसलहरू लुटिएका, मन्दिरमा तोडफोड, मूर्तिहरूलाई अपवित्र गर्ने जस्ता घटना भएको भारतीय मन्त्रालयले जनाएको छ। मन्त्रालयले भनेको छ, ‘यो अत्यन्त दुःखद कुरा हो जहाँ यी घटनाका अपराधीहरू खुलेआम हिँडिरहेका छन्, त्यहीँ आफ्नो मागहरू शान्तिपूर्ण सभामार्फत व्यक्त गर्ने एक धार्मिक नेताविरुद्ध कारबाही भइरहेको छ।’

भारतले चिन्मय कृष्ण दासको गिरफ्तारीविरुद्ध शान्तिपूर्ण प्रदर्शन गर्ने अल्पसंख्यकमाथि भएका आक्रमणप्रति पनि चिन्ता व्यक्त गरेको छ। भारतले बंगलादेशका अधिकारीहरूलाई आग्रह गरेको छ, ‘बंगलादेशले हिन्दु र अन्य अल्पसंख्यकहरूको सुरक्षा सुनिश्चित गरोस्, जसमा उनीहरूको अभिव्यक्ति स्वतन्त्रताको अधिकार पनि सुरक्षित गरियोस्।’ चिन्मय कृष्ण दासलाई सोमबार ढाकास्थित हजरत साहजलाल अन्तर्राष्ट्रिय विमानस्थलबाट गिरफ्तार गरिएको थियो।

प्रकाशित: ११ मंसिर २०८१ १७:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast