नेशनल लाईफद्वारा बागमती प्रदेशका सीईओ क्लब सदस्य सम्मानित

हिमाल प्रेस ९ मंसिर २०८१ १९:५५ | Sunday, November 24, 2024
नेशनल लाईफद्वारा बागमती प्रदेशका सीईओ क्लब सदस्य सम्मानित

काठमाडौँ- नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले काठमाडौँमा सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ।

आर्थिक वर्ष २०८०÷८१ मा तोकिएको बीमाशुल्क संकलन गरी सीईओ कल्ब सदस्यता प्राप्त गर्न सफल ६१० जनाभन्दा बढी अभिकर्ता, विभागीय प्रमुख, बागमती प्रदेश प्रमुख एवं शाखा प्रमुखहरूको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो।

प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको सभापतित्वमा भएको कार्यक्रममा अभिकर्ताहरूलाई सीईओ क्लब सदस्यता वितरण गर्नुका साथै प्रदेशका प्रथम, द्वितीय र तृतीय अभिकर्ताहरूलाई सम्मान एवं पुरस्कृत गरिएको थियो।

प्रमुख कार्यकारी अधिकृत खत्रीले सीईओ क्लब र नेशनल रत्नअन्तर्गत योग्य हुने अभिकर्ताहरूलाई प्रदेशस्तरीय रूपमा सम्मान कार्यक्रम सम्पन्न गर्दै लग्ने योजनाअनुरूप मधेश, गण्डकी र कोशी प्रदेशका अभिकर्ताहरू सम्मानित भइसकेका जानकारी गराए।

प्रकाशित: ९ मंसिर २०८१ १९:५५ | Sunday, November 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast